चिसाे बढेपछि वीरगन्जका विद्यालयमा ५ दिन बिदा

चिसोले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महानगरले सामुदायिक र संस्थागत विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हाे ।

पुस ७, २०८२

शंकर आचार्य

5-day holiday in Birgunj schools due to increasing cold

पर्सा — शीतलहरसँगै बढेको चिसोको कारण वीरगञ्ज महानगरपालिकाले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

चिसोले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महानगरले सामुदायिक र संस्थागत विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हाे । 

महानगरपालिकाको कार्यालयले सोमबार सूचना जारी गर्दै पुस ७ गतेदेखि ११ गतेसम्म पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै हालको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको जनाएको छ । सूचनामा विद्यालयहरू पुनः पुस १३ गते आइतबारदेखि नियमित रूपमा सञ्चालन हुने जनाइएको छ । 

पुस १० गते क्रिसमसको सार्वजनिक बिदा भएको, पुस ११ गते शैक्षिक क्यालेन्डर अनुसार नै सट्टा बिदा रहेको र पुस १२ गते शनिबार परेकाले विद्यालयहरू आउँदाे आइतबारदेखि पूर्ववत् समय तालिका अनुसार सञ्चालन हुने सूचनामा उल्लेख छ । 

शंकर

Link copied successfully