हुस्सुले चन्द्रगढी विमानस्थल प्रभावित, १२ बजेपछि मात्रै उडान सञ्चालनमा

पूर्वी तराई क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो भने भरखरै मात्रै घाम लागेको छ ।

पुस ७, २०८२

नवराज सुवेदी

Haze affects Chandragadhi Airport, flights operate only after 12 noon

झापा — बिहानैदेखिको निरन्तरको हुस्सुका कारण चन्द्रगढी विमानस्थल ठप्प भएको छ । हुस्सुका कारण विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुग्दा दिउँसो १२ बजेसम्म विमानस्थल ठप्प भएको हो ।

विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार विमान अवतरणका लागि न्यूनतम दुई हजार दुई सय मिटर भिजिबिलिटी आवश्यक पर्छ भने निश्चित मापदण्ड पूरा गरेर एक हजार मिटर भिजिबिलिटीमा उडान भर्न पाइन्छ ।

‘निश्चित मापदण्ड पूरा गरेर बुद्ध एयरको एउटा जहाजले ११ बजेर ४५ मिनेटमा उडान भरे पनि अवतरण भने भएको छैन,’ उनले भने, ‘१२ बजेपछि भने विमानस्थल खुलेको छ । काठमाडाौबाट चन्द्रगढीका लागि जहाज उड्ने तयारीमा छन् ।’

पूर्वी तराई क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो भने भरखरै मात्रै घाम लागेको छ । घाम लागेसागै मौसम सफा हुँदा विमान उडान तथा अवतरणका लागि भिजिबिलिटी पुग्दा विमानस्थल खुलेको हो ।

नवराज

Link copied successfully