शीतलहर : तराईका विमानस्थलमा उडान प्रभावित

विमानस्थलका अनुसार आन्तरिक उडानहरू कम्तीमा ४ देखि ७ घण्टासम्म ढिलाइ भइरहेका छन् ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Cold wave: Flights affected at airports in Tarai

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका अनुसार शीतलहरका कारण तराईका विमानस्थलहरूमा भिजिबिलिटी घटेपछि शुक्रवारदेखि नियमित उडान तालिका प्रभावित भएको छ ।

विमानस्थलका अनुसार आन्तरिक उडानहरू कम्तीमा ४ देखि ७ घण्टासम्म ढिलाइ भइरहेका छन् ।

आइतबार बिहान १० बजेपछि मौसममा क्रमिक सुधार आउन थालेसँगै तराईका भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडानहरू पुनः सञ्चालनमा आएका थिए ।

आइतबारका लागि काठमाडौंबाट बुद्ध एयरका ७३, यति एयरलाइन्सका ३३, श्री एयरलाइन्सका २८, सीता एयरका ६, नेपाल वायुसेवा निगमका ४, तारा एयरका २ र समिट एयरका २ गरी जम्मा १ सय ४८ उडान तालिका बनाइएको छ ।

यसअघि शनिवार यति एयरलाइन्सका ४ र श्री एयरलाइन्सको १ गरी कुल ५ उडान रद्द भएका थिए भने बुद्ध एयरका १४ र श्री एयरलाइन्सका २ गरी १६ उडान मर्ज गरिएको थियो ।

शनिवार १ सय ३३ उडानमार्फत ११ हजार ७ सय ५१ यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए ।

चिसोको कहर

कान्तिपुर

Link copied successfully