कास्की अदालतले भन्यो : जीबी राईको पासपोर्ट रद्द गर्न मिल्दैन

जेष्ठ १, २०८१ १४:१९

जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले ‘मागबमोजिम नहुने’ आदेश आइतबार जारी गरेको हो । 

राष्ट्रिय सभाका पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन

जेष्ठ १, २०८१ १४:०६

कांग्रेस स्याङ्जाका पूर्वसभापति, राष्ट्रिय सभाका पूर्व सांसद खगेन्द्रराज रेग्मीको मंगलबार निधन भएको छ ।  आफ्नै निवास भीरकोट नगरपालिका-७ गेझावासमा रेग्मीको निधन भएको पार्टीले जनाएको छ । क्यान्सर रोगबाट पीडित रेग्मी लामो समयदेखि उपचाररत थिए । 

मन्त्रिपरिषद्‌बाट १६ औं पञ्चवर्षीय योजना पारित

जेष्ठ १, २०८१ १३:३८

सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

कांग्रेसले सरकारलाई नीति तथा कार्यक्रम पेस गर्न दिने

जेष्ठ १, २०८१ १३:३६

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेबारे छलफल भएको छ ।यद्यपि कांग्रेसले औपचारिक रूपमा भने निर्णय सार्वजनिक गरेको छैन।

लागू औषधसहित दुई जना पक्राउ

जेष्ठ १, २०८१ १३:१५

रुपन्देही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर-१ कि २६ वर्षीया मञ्जु गुप्तालाई नियन्त्रणमा लिएको हो ।

सभामुखले भने : संसद् अवरुद्ध हुँदा संवैधानिक संकटको अवस्था नआओस्

जेष्ठ १, २०८१ १३:१२

सभामुख देवराज घिमिरेले संसद् अवरुद्ध गर्दा संविधानको ख्याल राख्न भनेका छन् । नीति तथा कार्यक्रम र बजेट नै प्रभावित हुने गरी संसद् अवरुद्ध हुने अवस्था आउन नदिन सभामुखले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूलाई भनेका हुन् । 

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेष्ठ १, २०८१ १३:०३

इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ । मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाल ९१ वर्षका थिए । 

मधेशमा जनमतलाई फकाउँदै एमाले-माओवादी, मुख्यमन्त्री बटमलाइन

जेष्ठ १, २०८१ १२:३९

मधेश प्रदेशमा सरकार बनाउन निर्णायक बनेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन लिएको छ । एमाले–माओवादी गठबन्धनसहितकै गठबन्धनमा जनमत पार्टीको नेतृत्वमा मधेशमा सरकार गठन हुनुपर्ने उसको उडान छ । 

सहकारी छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने कांग्रेसको अडान कायमै

जेष्ठ १, २०८१ ११:५९

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न दिने भए पनि सहकारी छानबिन समिति नबन्दासम्म संसद्अवरुद्ध पार्ने अडान यथावत् रहेको बताएको छ ।। 

नीति तथा कार्यक्रमको रिहर्सल [तस्बिरहरू]

जेष्ठ १, २०८१ ११:५९

संसद्को संयुक्त सदनमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

मन्त्रिपरिषद्‌बाट १६ औं पञ्चवर्षीय योजना पारित

जेष्ठ १, २०८१ ११:४६

सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा

जेष्ठ १, २०८१ ११:४१

अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलबार काठमाडौं महानगरपालिका-१० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन

जेष्ठ १, २०८१ ११:२९

प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।

कैलालीमा एम्बुलेन्स दुर्घटना, किशोरीको मृत्यु 

जेष्ठ १, २०८१ ११:१४

कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय एम्बुलेन्स दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि बर्दियाको राजापुर नगरपालिका ९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको छ । 

धनकुटामा टिपरको ठक्करबाट बालकको मृत्यु

जेष्ठ १, २०८१ ११:०७

कोशी राजमार्गको धरान–धनकुटा खण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी-६ स्थित चारखोलेमा मंगलबार बिहान टिपरको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

कांग्रेसले सरकारलाई नीति तथा कार्यक्रम पेस गर्न दिने

जेष्ठ १, २०८१ १०:३८

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेबारे छलफल भएको छ ।यद्यपि कांग्रेसले औपचारिक रूपमा भने निर्णय सार्वजनिक गरेको छैन।

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मेयर शाह फ्रान्स प्रस्थान

जेष्ठ १, २०८१ १०:२४

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन आज फ्रान्स प्रस्थान गरेका छन् ।

सर्पले डसेर बालकको मृत्यु

जेष्ठ १, २०८१ १०:२३

चार दिन अघि घरमै सर्पले डसेको एक बालकको आज बिहान मृत्यु भएको छ । जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका-१२ ज्वाइँथरका ७ वर्षीय बालक प्रिजन कुमाललाई घरमै खेल्दै गर्दा गत शुक्रबार सर्पले डसेको थियो ।

संसद्को संयुक्त बैठक आज, सभामुख परामर्शमा व्यस्त

जेष्ठ १, २०८१ १०:१५

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ । राष्ट्राध्यक्षबाट अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ ।

लहानमा आक्रमण गरी डकैती, ५ जना घाइते

जेष्ठ १, २०८१ १०:०९

लहान नगरपालिका-१७, एकरतियामा डकैती भएको छ । गएराति ५-७ जनाको समूहमा आएका हतियारधारी डाँका समूहले चार वटा घरमा लुटपाट गरेका हुन् ।

साहित्यकार आमाकी कलाकार छोरी

जेष्ठ १, २०८१ ०९:४८

सतही नजरले हेर्दा काठमाडौं सहरमा के–के देखिएला ? सडकमा चिप्लेकिरा झैं घिस्रिरहेका सवारी साधन, ठूल्ठूला भित्ता ढाकिने गरी झल्याकझुलुक गरिरहने डिजिटल विज्ञापन बोर्ड, गज्याङगुजुङ बिजुली तार अनि सपना पछ्याउँदै अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस...! लाग्छ, सडकमा हिँडिरहेका सहरका प्रत्येक मानिसका अनुहारमा दुःखका रंगरेखा कोरिएका छन् । 

कांग्रेससँग प्रधानमन्त्रीको आग्रह : सहकारीका समस्या समाधान हुन्छन्, संसद् अवरोध नगर्नुस्

जेष्ठ १, २०८१ ०९:४६

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको बैठक बसेर मात्रै निर्णयमा पुग्ने बताए ।

बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन

जेष्ठ १, २०८१ ०९:३७

भारतीय जनता पार्टीका नेता एवं बिहारका पूर्वउपमुख्यमन्त्री सुशीलकुमार मोदीको निधन भएको छ । उपचारका क्रममा सोमबार दिल्लीस्थित एम्स अस्पतालमा उनको निधन भएको हो । उनी ७२ वर्षका थिए । 

गाउँमा रंगमञ्च

जेष्ठ १, २०८१ ०९:१३

देशमा भर्खरै लोकतन्त्र भित्रिएको थियो । २०६४ सालतिर घिमिरे युवराज शिल्पी थिएटरको गोठाले नाटकघरको जग खन्दै थिए, काठमाडौंमा । करिब १७ वर्षपछि युवराज उसैगरी पुनः नाटकघरको जग खन्न व्यस्त छन् । तर यसपालि ठाउँ फेरिएको छ । र, त्यो हो, विराटनचोक ।

सन् १९८४ मा आजकै दिन : फेसबुकका सहसंस्थापक जुकरबर्गको जन्म

जेष्ठ १, २०८१ ०९:१०

सन् १९८४ मा आजकै दिन (मे १४) मा अमेरिकी कम्प्युटर प्रोग्रामर तथा व्यवसायी मार्क जुकरबर्गको जन्म भएको थियो । उनी सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक हुन् । हाल उनी फेसबुकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् ।

श्रीमतीको हत्यापछि आत्महत्या

जेष्ठ १, २०८१ ०८:५०

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि रानाले आत्महत्या गरेका छन् । 

चुनावी टिकटदेखि पैसा र पैसादेखि टिकटसम्मको दुष्चक्र

जेष्ठ १, २०८१ ०८:४१

विकास, समृद्धि, अर्थतन्त्रको कुरा गर्नेहरूको दिमाग यतिबेला धेरैतिरबाट गोलमाल भएको छ । हाम्रा विकासका लागि सबैभन्दा चिन्तित विदेशी दाताहरू छन् । हामीलाई बताउने, पढाउने र सिकाउने पनि छन् । त्यसो त हामी आफैंले पनि जानेका छौं । बिजुली बेचेर धनी हौंला, चुच्चे रेल ल्याऔंला, जहाज बुझाऊँला । यस्ता अनेक कुराले हाम्रो दिमाग कसरी खलबलिएको छ भने एउटा सानो दृष्टान्त दिन्छु ।

अस्वीकृत राजनीतिक ‘अतिवाद’

जेष्ठ १, २०८१ ०८:४०

सन् १९५३ को मेमा बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिललाई एक जना अमेरिकी विद्यार्थीले सोधे– ‘नेतृत्वको आकांक्षा राख्ने राजनीतिक व्यक्तिले कसरी चुनौती सामनाको तयारी गर्न सक्छ ?’ उनको जवाफ थियो– ‘इतिहासको अध्ययन गर । राज्य सञ्चालनका सबै कला इतिहासको अध्ययनबाटै प्राप्त हुन्छ ।’

अर्थतन्त्रको भुमरीमा नागरिक

जेष्ठ १, २०८१ ०८:४०

सानो छँदा धेरै पटक सुनेको उखान थियो– घर डढेपछि खरानीको के दुःख ! त्यतिबेला यसको अर्थ बुझ्दैनथेँ । समाजमा भिन्न स्वभाव, परिवेश र प्रवृत्तिका मानिस हुन्छन् । उनीहरू सबैका बारेमा बाल मनस्थितिले बुझ्ने कुरा पनि भएन । समय बित्दै गयो । बाल मस्तिष्क वयस्क हुँदै परिपक्व बन्न थाल्यो ।

वायु प्रदूषण नियन्त्रणका उपाय

जेष्ठ १, २०८१ ०८:३९

पहिलेको तुलनामा नेपालभर तुवाँलो धेरै मात्रामा वृद्धि भइरहेको छ । यसको मुख्य कारण पीएम १० को मात्रा बढ्नु नै हो । हाल कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड हाइड्रो कार्बन, क्लोरोफ्लोरो कार्बन, सल्फर, मिथेन, पीएम १०, पीएम २.५ दिनानुदिन बढिरहेको तथ्य विभिन्न अध्ययनबाट पुष्टि भइरहेको छ ।

मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

जेष्ठ १, २०८१ ०८:१२

मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मेलम्चीको नयाँ हेडवर्क्स बनाउन एडीबीको २ अर्ब

जेष्ठ १, २०८१ ०७:५२

सरकारको अनुरोधमा मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) स्थानान्तरण गर्न एसियाली विकास बैंक (एडीबी) ले दुई अर्बभन्दा बढी अनुदान दिने भएको छ । हालको हेडवर्क्सबाट करिब एक किमिमाथि सिन्धुपाल्चोकको हेलम्बुस्थित सर्कथलीमा नयाँ संरचना बनाउन चार अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ । उक्त लागतको करिब ५० प्रतिशत अर्थात् बाँकी रकम भने एडीबीले ऋण उपलब्ध गराउने सहमति भएको हो । 

दक्षिण एसियाली ओलम्पिक छनोट : दोस्रो जितसँगै स्यान्टु सेमिफाइनलमा

जेष्ठ १, २०८१ ०७:३६

टेबलटेनिसको दक्षिण एसियाली ओलम्पिक छनोटको पहिलो दिन सोमबार नेपालको प्रदर्शन सानदार रह्यो । नेपाली खेलाडी संलग्न ७ खेलमध्ये ६ प्रतिस्पर्धामा जित निस्किएको छ । स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले लगातार दुई जित निकालेका छन् । त्यसमध्ये स्यान्टु आफ्नो समूहबाट सेमिफाइनल पुगेका छन् भने नविताले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएकी छन् । स्यान्टु कम्तीमा आफ्नो समूहको शीर्ष दुईमा रहेर अन्तिम चारमा पुग्ने टुंगो लागेको हो । 

एपीएफ र सुदूरको लगातार जित

जेष्ठ १, २०८१ ०७:३३

नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो विजय हात पारेको छ  । एपीएफले सोमबार वाग्मती प्रदेशलाई ८ विकेट र सुदूरपश्चिमले कोशी प्रदेशलाई ३ विकेटले हराए । वाग्मती र कोशीको हकमा दुवैको यो लगातार दोस्रो हार हो । 

खेलाडीद्वयको उपचारमा सहयोग

जेष्ठ १, २०८१ ०७:३२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरेको छ ।

राममाया र गजेन्द्र च्याम्पियन

जेष्ठ १, २०८१ ०७:३०

नेपाल पुलिस क्लबकी राममाया बुढाले महिला हाफ म्याराथनको उपाधि जितेकी छन् । दिक्तेलमा सोमबार आयोजित म्याराथनमा उनले एक घण्टा २८ मिनेट ४६ सेकेन्डमा २१ किलोमिटर दूरी पार गरिन् ।

क्षतिपूर्तिका लागि अदालत धाउँदै दृष्टिविहीन अभिभावक

जेष्ठ १, २०८१ ०७:२३

कैलालीको ग्रामीण क्षेत्रका एक दृष्टिविहीन आमाबाबुमाथि ६ वर्षअघि बज्रपात पर्‍यो । उक्त परिवारकी तीन वर्षीया छोरी १४ वर्षीय किशोरबाट बलात्कृत भइन् । अभिभावकका अनुसार त्यसबेला उपचार गरेर बल्लतल्ल ज्यान जोगिए पनि उनको मानसिक अवस्थामा अहिले पनि असर परिरहेकै छ । उनलाई ‘डिप्रेसन’ को समस्या छ । 

नेपाल हेल्थ कन्क्लेभ : स्वास्थ्यमा रणनीतिक योजना बनाउन माग

जेष्ठ १, २०८१ ०७:२२

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्राप्त गर्न सबै नेपालीले नसकिरहेको यथार्थबाट बाहिर निस्कन सरकारले प्रयास गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपसँगको सहकार्यमा त्रिकाल प्रोडक्सनले आयोजना गरेको ‘नेपाल हेल्थ कन्क्लेभ’ को दोस्रो संस्करणमा मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् ।

फेरि घट्यो निक्षेपको ब्याज

जेष्ठ १, २०८१ ०७:२१

जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले सोमबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् ।

विदेशी मुद्रा सञ्चितिमा फेरि कीर्तिमान, ढुकुटीमा थुप्रियो १९ खर्ब ११ अर्ब

जेष्ठ १, २०८१ ०७:१९

हरेक महिना विदेशी मुद्रा (विनिमय) सञ्चिति बढ्ने क्रमले गत चैतमा पनि निरन्तरता पाएको छ । सोही क्रममा गत चैतमा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेर १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ ।

नेपालको वित्तीय संघीयतामा मध्यम सुधार : विश्व बैंक

जेष्ठ १, २०८१ ०७:१७

नेपालको वित्तीय संघीयता मध्यम गतिमा सुधार भएको र उपलब्धिहरूलाई सुदृढ बनाउन थप प्रयत्न आवश्यक रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले वित्तीय संघीयताअन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनका लागि नेपालमा कानुनी र संस्थागत सुधारले निरन्तरता पाए पनि यो मध्यम गतिमा रहेको देखाएको छ ।

भिल्लाले लिभरपुललाई बराबरीमा रोक्यो

जेष्ठ १, २०८१ ०७:०८

नाटकीय पुनरागमन रच्दै एस्टन भिल्लाले सोमबार इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३–३ को बराबरीमा रोकेको छ । बराबरीमा प्राप्त एक अंकले भिल्लाको चौथो स्थानमा लिग टुग्याउने सम्भावना अझ बलियो बनेका छ ।

गिरीबन्धु टी इस्टेट प्रकरणको पटाक्षेप

जेष्ठ १, २०८१ ०६:२९

झापास्थित गिरीबन्धु टी इस्टेटले भोगचलन गर्दै आएको जग्गा सट्टापट्टा नाममा बेचबिखन गरेर आर्थिक लाभ लिने प्रपञ्चलाई सर्वोच्च अदालतले लगाम लगाइदिएको छ । बिर्तामोड बजार विस्तार हुँदै जाँदा टी इस्टेटको जग्गा बहुमूल्य घडेरीका रूपमा बिक्री हुने सम्भावना देखिएपछि साटफेरको खेल सुरु भएको थियो ।

त्रिविभित्रै १० रोपनी कब्जा गरी गिट्टी–बालुवा डिपो

जेष्ठ १, २०८१ ०६:१६

त्रिभुवन विश्वविद्यालयको करिब १० रोपनी जग्गा कब्जा गरी ढुंगा, गिट्टी र बालुवाको डिपो सञ्चालन गरिएको छ । एग्रो एन्ड बायोलोजी राष्ट्रिय प्रयोगशाला भवन निर्माण परिसरको उक्त जग्गा कब्जा भए पनि त्रिवि र सरकारले बेवास्ता गरेका छन् । २०७३ देखि नै स्थानीय ठेकेदार कवीन्द्र महर्जनले अनधिकृत रूपमा ढुंगा, गिट्टी, बालुवा थुपार्ने गरेको प्रयोगशालाका कर्मचारी बताउँछन् ।

प्रधानमन्त्रीको मध्यमार्गी प्रस्ताव, एमाले र रास्वपाको अस्वीकार

जेष्ठ १, २०८१ ०६:०२

संसद्को गतिरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालको मध्यमार्गी प्रस्ताव सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले अस्वीकार गरेका छन् । लामिछाने जोडिएकासहित समग्र सहकारीकै समस्यामाथि छानबिन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा प्रतिपक्ष कांग्रेस भने सकारात्मक देखिएको छ  । 

प्रचण्ड र श्रेष्ठमाथि नैतिक प्रश्न

जेष्ठ १, २०८१ ०६:०१

सहकारीको ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफू त यसै पनि भित्रभित्र खोक्रो भइसकेका छन्, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री एवं बहालवाला परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि हिलो छ्यापेका छन् ।

जनमुखी बजेटको आस

जेष्ठ १, २०८१ ०६:००

हरेक वर्ष बजेट भाषण आउँछ तर सर्वसाधारण जनतालाई त्यसको चासो हुन छाडेको छ । किनभने बजेट जनमुखी बन्न सकेन । पहिला पहिला बजेट भाषण भनेपछि रेडियोमा कान थापेर सुन्ने गरिन्थ्यो । अहिले बजेट भाषणको कुनै महत्त्व रहेन । बजेट भाषण आएपछि व्यापारीले बजार भाउ बढाउँछन् । त्यसलाई नियमन गरिँदैन ।

उपेन्द्र यादवको उतारचढाव

जेष्ठ १, २०८१ ०५:५९

केन्द्र सरकारमा उपेन्द्र यादवको बर्हिगमन भएसँगै मधेश प्रदेश सरकारबाट जसपा विस्थापित हुने अवस्थामा पुगेको छ । जसपा नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी हट्ने भएका छन् । उनीहरूका मन्त्रीहरूले आइतबार नै राजीनामा बुझाएका छन् । अब मधेशमा सीके राउतको जनमत पार्टीको नेतृत्वमा एमाले र माओवादीसहितको सरकार बन्ने निश्चित भएको छ ।

गोरखामा खानेपानी समस्याको जड

जेष्ठ १, २०८१ ०५:५८

नेपाल जलस्रोतको धनी मुलुक भनेर चिनिन्छ । तर जनता पानी खान नपाएर तड्पिरहेका छन् । खानेपानीका ठुल्ठूला आयोजना अलपत्र छन् । गोरखाकै पनि २०७४ सालमा सुरु भएको ४८ करोडको दरौंदी खानेपानी आयोजना निर्माण चरण पूरा गरेपछि चलाउन नसकेर अलपत्र छ ।

'उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा’ समाचारमा facebook.com/eKantipur  बाट लिइएकाकेही टिप्पणी :

जेष्ठ १, २०८१ ०५:५७

प्रचण्डको सरकारमा मन्त्री भएर सरकार ढाल्न लागिपरेकालाई प्रचण्डले के बाँकी राख्थे होला ! प्रचण्डसँग ओली र रवि आउट गरेर कांग्रेसलाई ल्याएर सरकार जोगाउन सक्ने क्षमता छ ।– पेशल थापा