चार महिनापछि खुल्यो सांघाई डिज्‍नील्यान्ड

वैशाख ३०, २०७७

एजेन्सी

सांघाई — चार महिनापछि सांघाई डिज्नील्यान्ड पुन: खुलेसँगै मे ११ सम्मको सम्पूर्ण टिकट बिक्री भएको छ । कोरोना भाइरसको जोखिम न्यून भएसागै चिनियाँ नागरिकहरु मनोरञ्जनका लागि खर्च गर्न अग्रसर भएका देखिन्छन् ।

थिमपार्कमा अहिले सुरक्षाका उपायहरु अपनाउनुका साथै ८० हजार आगन्तुक क्षमतामा भएको पार्कमा १ तिहाई आगन्तुकले मात्र दैनिक भिजिट गर्न पाउनेछन् । वुहानमा कोरोना भाइरस सुरु भएपछि वाल्ट डिज्नीको सांघाई डिज्नील्यान्ड जनवरी २५ मा बन्द भएको थियो  । यो पार्क महामारीपछि खुलेको डिज्नीको पहिलो पार्क पनि हो ।

प्रत्येक आगन्तुकले मास्क लगाउनुपर्ने नियम पार्कले बनाएको छ । महामारीका कारण पछिल्लो पटक बन्द गर्न लगाइएको सम्पूर्ण पार्कहरुले बेहोरेको नोक्सानी असुल्ने तयारीमा छ । अहिले पनि डिज्नीको अमेरिका, हङकङ र पेरिसका पार्कहरु बन्द छन् । मे २० मा ओर्लान्डो, फ्लोरिडामा केही पसल र रेस्टुरेन्ट खोल्ने बताइएको छ । पार्कका केही क्षेत्र र सोहरु अहिले पनि बन्द छन् ।

टिकट मूल्य दैनिक भिजिटर्सका लागि ३ सय ९९ सय युवान र विकेन्डका लागि ४ सय ९९ तोकिएको छ । टोक्योमा भएको डिज्नीको थिम पार्क भने फेब्रुअरी २९ मा बन्द भएको थियो ।

जापानको आपत्‌कालीन समय हटेपछि फेरि खुल्ने अपरेटर ओरिन्टल ल्यान्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जापानमा मे ३१ सम्म आपत्कालीन समय तोकिएको छ । 

लकडाउनकोरोना भाइरस

एजेन्सी

Link copied successfully