बुढापाकाको नजरमा उहिलेका चुनाव कस्ता हुन्थे?

चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन

संस्मरण कुनै एकको व्यक्तिगत अनुभवको कथा मात्रै होइन,पुरानो युगको राजनीतिक,सामाजिक र सांस्कृतिक दस्तावेज पनि हो, जसले नयाँ समयलाई पाठ सिकाउँछ। चुनावी संस्मरणहरू इतिहास हुन्, तिनले बहुआयामिक अर्थ राख्छन् । चुनावी संस्मरणले बितिगएका दिनहरूको चुनावी प्रक्रिया, प्रचारको प्रभाव र मतदाताको मनोविज्ञान बुझ्न सघाउँछ ।

‘कोसेली’ मा प्रकाशित १०० वर्ष उमेर काटिसकेका र त्यही हाराहारीका मानिसका यी चुनावी संस्मरणले भन्छन्- चुनाव एक नेताको जित–हारको विवरण मात्रै होइन, बदलिएको राजनीति र समाजको दस्तावेज पनि हो ।

‘पहिले भोट हाल्दा डर लाग्थ्यो, दबाब दिन्थे’

गाउँका पञ्च र प्रभावशाली व्यक्तिहरूले जे भन्थे, हामी त्यसै आधारमा भोट हाल्थ्यौं । मैले पहिलो मत भक्तबहादुर शाहीलाई दिएँ र उनले जितेर प्रधानपञ्च भए । पहिलो पटक भोट हालेकैले जित्दा खुसी लाग्यो । केही थाहा नभए पनि गाउँमा सबै खुसी भयौं ।

'Before, when I voted, I was afraid, they would pressure me'

भोट भनेको दान दिनुसरह हो, कहिल्यै छुटाइनँ

मेलापात र पँधेरोतिर उबेला महिलाहरू भन्थे– चुनावमा भोट दिनुपर्छ, मतदान गर्नु दान दिएसरह धर्मकर्मको कुरा हो । उबेला ‘कसलाई मतदान दिने’ भन्ने कुरा घरको मूली श्रीमान्ले तय गर्नुहुन्थ्यो । उहाँले ‘जसलाइ दिनु’ भन्नुहुन्थ्यो, उसैलाइ हामी भोट दिन्थ्यौं ।

Voting is like giving a donation, never give up.

९ पटक भोट हालें, विकास त भएकै हो

हिजोका ती व्यवस्थाभन्दा आजको अवस्था ठीक लाग्छ । राजाका पालामा त्यति धेरै हाँस्न–बोल्न पाइन्नथ्यो । आफू जवान हुँदा यो सल्लेरी गाउँमा एकाध घर मात्रै थिए, अहिले बडा–बडा घर बनेका छन्, कालो चिल्लो बाटो छ ।

I voted 9 times, development has happened.

१०७ वर्ष लागें, १२ औं पटक संसदीय मतदान गर्दै छु

२०३६ मा राजा वीरेन्द्रले जनमतसंग्रहको घोषणा गरे र बहुदल कि सुधारिएको पञ्चायत भन्ने रोजाइ जनतालाई दिए । त्यो मेरो दोस्रो मतदान अनुभव थियो । पहिलो चुनावमा कसलाई भोट दिएँ, स्पष्ट याद नभए पनि जनमतसंग्रहमा भने बहुदलको पक्षमा मत दिएको सम्झना छ ।

It's been 107 years, and I'm voting in parliament for the 12th time.

पहिले–पहिले चुनावमा यस्तो होहल्ला हुँदैनथ्यो

ओहो यो चुनावमा कस्तो होहल्ला ? कति धेरै मान्छे उठेका ? घाम ताप्न बस्छु, ऊ आउँछ, त्यो आउँछ, ‘भोट दिनुहोस है’ भन्दै पर्चाहरू थमाउँछ । पहिले–पहिले यस्तो होहल्ला हुँदैनथ्यो । भोट माग्न आउने सबैलाई ‘ल ल’ भन्छु, कसलाई दिने ? त्यो त आफ्नो मर्जी !

There was never such a commotion in elections before.

‘टाढासम्म हिँड्डुल गर्न सक्दिनँ, तैपनि भोट हाल्ने जाँगर छ’

मतदानस्थल एक किलोमिटर टाढा छ, आफूले समर्थन गरेको दलको चुनाव चिह्नमा आफैं छाप लाउँछु । यस पटक पनि भोट हाल्न पर्खिएको छु । चुनावप्रति कुनै दिक्दारी छैन । त्यही हो प्रचारप्रसारमा जान मन लाग्छ । हिँड्न सक्दिनँ । पहिले त गाउँ डुलेर खुब नारा लगाइन्थ्यो । आफ्नो दलको पक्षमा माहोल बनाइन्थ्यो

'I can't walk far, but I still have the will to vote'

उहिलेका चुनावमा भाषण होइन, कुराकानी हुन्थ्यो

त्यतिबेलाको चुनावी प्रचारप्रसार अहिलेको तुलनामा भिन्न थियो । चुनाव प्रचारप्रसारको सबैभन्दा ठूलो माध्यम थियो– एकअर्कोसँग कुराकानी । उम्मेदवारबारे पनि कुराकानीबाटै थाहा पाइन्थ्यो ।

In the past, elections were not about speeches, but conversations.

पहिले श्रीमान्‌ले भनेर औंठाछाप, अहिले नातिले भनेर स्वस्तिक छाप

पहिले उम्मेदवारहरू अहिलेको जस्तो ढोका–ढोकामा आउँदैनथे । उनीहरू माइक लगाएर बाटो–बाटो हिँड्थे । त्यो बेलामा गाडी चल्ने बाटै थिएन, हिँडेर भोट माग्न आउँथे । अलि पछि ठूला आमसभा हुन थाले । बसको छतभरि मान्छे राखेर झन्डा फहराउँदै ओसारेको देखिन्थ्यो ।

First the husband said it was a fingerprint, now the grandson says it is a swastika print

गाउँका नेताले अह्राएअनुसारै भोट हाल्नुपर्थ्यो

नेताहरू चुनावका बेला आश्वासन दिन्छन्, त्यसपछि बेवास्ता गर्छन् । यस्तै छ– यहाँको चलन । त्यसैले मतदान गरेर पनि केही परिवर्तन हुँदैन यहाँ ।

The village leaders had to vote as instructed.
Link copied successfully