विलियम शेक्सपियरको नाटक ‘एज यू लाइक इट’ को पात्र ज्याक्सको एकालाप अंश :
विलियम शेक्सपियरको नाटक ‘एज यू लाइक इट’ को पात्र ज्याक्सको एकालाप अंश :
सिंहदरबारमा विशाल नाट्यमञ्च थियो, जहाँ राणा प्रधानमन्त्री र भारदारहरूले पारसी नाटक हेर्थे । बालकृष्ण समले दरबारिया परिवेशको पर्खाल भत्काएर नाटक बाहिर ल्याए ।
भारतको प्रतिष्ठित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा पढेर फर्किएपछि सुनील पोखरेल र अनुप बरालले रंगमञ्चको कसिलो जग बसाए, त्यही कसिलो जगमा उभिएर घिमिरे युवराज, विमल सुवेदी, आकांक्षा कार्की, अनिल सुब्बा र केदार श्रेष्ठलगायत रंगकर्मीले रंगमञ्चमा थप इँटा जोड्ने र रंगरोगन गर्दै आएका छन्।
'गुरुकुल' बानेश्वर डाँडोबाट विस्थापित भएपछि एक रंगनायक आजसम्मै 'स्वप्नभंग'को पीडामा छटपाइरहेछन्।
नेपाली रंगमञ्चमा प्राविधिक जनशक्तिको अवस्था नाजुक छ । हामीसँग तालिम प्राप्त जनशक्तिहरू पर्याप्त पाइन्न । यसलाई पेसा वा भविष्य नै मानेर लाग्ने अवस्था विकास भइसकेको छैन ।
थिएटर हुँदै ‘सिल्भरस्क्रिन’ पुग्ने यात्रा हिजो विश्व सिनेमामै अभ्यास हुँदै आएको हो, नेपालमा पनि धेरै कलाकारले थिएटरबाटै ठूला पर्दाको अभिनय थालेको इतिहास छ ।
पोखराको नदीपुरमा करिब ६ रोपनी जग्गामा ठडिएको ‘हंसध्वनि’ नाटकघर इँटा र सिमेन्टको संरचना मात्रै होइन, यो अनुप बरालले दशकौंदेखि हुर्काएको एउटा अर्गानिक सपनाको ज्युँदो स्वरूप हो।
फरक–फरक नाटक चलिरहनु, नयाँ दर्शक थपिँदै जानुले नाटकघरहरूको गतिशीलता बुझाउँछ । यी घरहरूमा दर्शक केवल मनोरञ्जनका लागि जाँदैनन्, सांस्कृतिक र कलात्मक सौन्दर्य महसुस गर्न पुग्छन् ।
साँघुरो गल्लीबाट राजमार्ग प्रवेश गरेपछि निष्ठावान् साधक, तिनको लगाब र अनुरागी दर्शककै कारण वर्तमानको सार्वजनिक परिदृश्यमा प्रियतम् छ– रंगमञ्च
बजारले तोकेको सौन्दर्यको मापदण्ड, सीमा र परम्परागत सोच भत्काउँदै महिलाले रंगमञ्चमा सशक्त आवाज पस्केका छन्, शक्तिशाली हस्तक्षेप बढाएका छन्– चाहे त्यो अभिनयमा होस् वा निर्देशन, लेखन वा नेपथ्यमा
सडक नाटक होस् या विद्यालय पाठ्यक्रमका विषयवस्तुमा बनाइएका नाटक– आफ्नै खर्चमा व्यवस्थित नाटकघर बनाएर, दर्शक जुटाएर, पढाएर र नाट्य महोत्सव आयोजना गरेरै सातै प्रदेशका नाट्यकर्मीले नेपाली रंगमञ्चको भीमकाय शरीर उभ्याएका छन्।
किन विदेशी नाटक ? हामी रंगकर्मीलाई यस्तो प्रश्न बारम्बार सोधिन्छ, तर त्यो जिज्ञासा कम, आरोप बढी हो।