इलामको चिया जब सीमापार पुग्छ, पहिचान फेरिन्छ, त्यो नेपाली चिया रहँदैन । त्यो दार्जिलिङ चियामा एकाएक रूपान्तरण हुन्छ । यहीं सुरु हुन्छ नेपाली चियाको विषाद । उत्पादन नेपालको, पसिना नेपाली श्रमिकको तर ब्रान्ड अर्कैको ।
इलामको चिया जब सीमापार पुग्छ, पहिचान फेरिन्छ, त्यो नेपाली चिया रहँदैन । त्यो दार्जिलिङ चियामा एकाएक रूपान्तरण हुन्छ । यहीं सुरु हुन्छ नेपाली चियाको विषाद । उत्पादन नेपालको, पसिना नेपाली श्रमिकको तर ब्रान्ड अर्कैको ।
आर्थिक केन्द्रका रूपमा विकास हुँदै गरेको बुटवलमा अहिले ‘नाइन्टी फोर चिया पसले’, ‘चियाग्राम’, ‘चिया होलिडे’, ‘चिया होलिक’, ‘चायवाला’, ‘केटली चिया’, ‘चिया अड्डा’, ‘चिया सुड्डा’ लगायतका ४० भन्दा बढी चिया पसल छन्, त्यसमा अग्रणी छ, ‘चियावाला’ । राजनीति गर्न चिया पसल थापेका हजुरबाको चिया विरासतलाई यतिबेला नाति पुस्ताले ‘ब्रान्डिङ’ गरिरहेका छन् ।
पछिल्लो समय चिया पसलहरू गफ र गसिपका लागि मात्रै होइन, योजना बुन्न पनि उत्तिकै कामयाब छन् । त्यसकारण हिजोझैं गुजुमुच्च बेन्च र टेबल राखेर सञ्चालन गरिने चिया पसलका पुर्ख्यौली अनुहार अहिले फेरिन थालेका छन्, यी अड्डाहरू काव्यिक र कलात्मक शैलीमा निर्माण हुँदै छन् ।
चिकित्सकहरू भन्छन्– हर्बल टी, ग्रिन टी र ब्ल्याक टीले स्वास्थ्यलाई लाभ दिन सक्छ, चिनीसहितको दूध चिया धेरै पिए बेफाइदा हुन सक्छ।
मान्छेको सभ्यता र रैथाने जीवनमा चिया प्रवेश गरेपछि उसको जीवनशैली फेरिएको छ । चियाले सार्वजनिक वृत्तलाई चलायमान बनाएको छ । सामाजिक इतिहासको शृंखला पनि बदलिएको छ ।
नेपालको राजनीतिक इतिहास हेर्दा औपचारिक बैठकभन्दा बाहिर अनौपचारिक चिया गफमै धेरै विचार जन्मिएका हुन्छन् । ती सबै विचार निर्णयमा रूपान्तरण हुँदैनन्, तर निर्णयको बीउ प्रायः चियाकै कपमा रोपिएका हुन्छन् ।
झट्ट जोकोहीले ‘चिया पसल त हो नि !’ भने पनि ती ठाउँहरू चिया बिक्रीका केन्द्र मात्र थिएनन्, देशका ठूल्ठूला विषयमा घमासान बहस हुने मञ्च पनि थिए । सरकारी ‘सेटिङ’ बारे कुराकानी र ‘फिक्सिङ’ हुने अड्डा पनि थिए । त्यसैले उनीहरूले चिया पसलमै लेखे– यहाँ बसेर घूस खान मनाही छ ।
तीन दशक पुरानो यो चिया अड्डा वीरगन्जमा चर्चित छ, बिहान साढे ५ देखि बेलुकी साढे ८ बजेसम्म १५ घण्टा अड्डाको चुलो बलिरहन्छ, चिया पारखीहरूको आगमनको सिलसिला पनि चलिरहन्छ ।
प्रतिलिटर ५ रुपैयाँको दूध किनेर २५ पैसा कपमा चिया बेच्न सुरु गरेकी उनी यो लामो अन्तरालमा आफूले कमाएको खास सम्पत्ति नै ग्राहकको विश्वास र तारिफलाई मान्छिन् ।
नेपालमा चिया खेतीको इतिहास बीसौं शताब्दीको उत्तरार्द्धबाट सुरु भए पनि पछिल्ला दशकमा यसको आर्थिक उपस्थिति झनै बलियो हुँदै गएको छ।