नगर प्रमुख हारेका अमरकान्त प्रतिनिधिसभामा

२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका अमरकान्त २०७४ मा राजपा नेपालबाट प्रतिनिधिसभा सदस्य जितेका स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा हुन् ।

फाल्गुन २६, २०८२

विद्यानन्द राम

Amarkant, who lost to mayor, enters the House of Representatives

What you should know

राजविराज —  सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरीले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले हराएका छन् । अमरकान्तले ३२ हजार ८ सय ७५ मत ल्याएर निर्वाचित भएका हुन् ।

चौधरी यसअघि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुखमा चुनाव लडेका थिए । तर, उनले १ हजार १ सय १८ मत मात्र ल्याउन सके । अहिले उनले उपेन्द्रलाई १७ हजार ६ सय ३६ मतान्तरले हराए ।

२०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका अमरकान्त २०७४ मा  राजपा नेपालबाट प्रतिनिधिसभा सदस्य जितेका स्वर्गीय चन्द्रकान्त चौधरीका छोरा हुन् । त्यो बेला अमरकान्तका बुवा चन्द्रकान्तले २२ हजार ५ सय ८४ ल्याएका थिए ।

अमरकान्तका निकटतम प्रतिस्पर्धी उपेन्द्रले १६ हजार मत पनि कटाउन सकेनन् । उपेन्द्रले १५ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४ सय २८ मत पाए । नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७ सय १५, जनमत पार्टीका सरेन्द्रप्रसाद शर्माले २ हजार ८ सय ६९, नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साहले १ हजार ६ सय ३५ मत ल्याए ।

यस क्षेत्रमा कुल १ लाख ११ हजार ८ सय ७१ जना मतदाता छन् । यसपटकको निर्वाचनमा ४० हजार २ सय २३ महिला र ३४ हजार ६ सय ५९ पुरुष गरी ७४ हजार ८ सय ८२ जनाले मत खसाएका थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully