होटल व्यवसायबाट राजनीतिक फड्को

प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए ।

फाल्गुन २४, २०८२

प्रताप विष्ट

Political leap from hotel business

हेटौंडा — प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका छन् ।

हेटौंडा उपमहानगरपालिका-५ सिँचाइ टोलका गौतमले ३६ हजार ३३ सय मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले १४ हजार ३८ मत ल्याइन् । २१ हजार ९९५ सय मतान्तरले गौतम निर्वाचित भएका हुन् । ३७ वर्षीय गौतमले पहिलोपटक संसदीय यात्रा तय गरेका हुन् ।

हेटौंडा-६ चुच्चेखोलामा जन्मिएका गौतम केही वर्षदेखि हेटौंडा-५ मा बस्दै आएका हुन् । काठमाडौंबाट स्नातक उत्तीर्ण गरेका गौतम होटल व्यवसायी हुन् ।

रास्वपाबाटै राजनीतिक यात्रा सुरु गरेका गौतम पार्टीको मकवानपुर कार्यवाहक सभापति हुन् । प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए । यसअघि उनी उपसभापति थिए । 

प्रतिनिधिसभा सदस्यमा छोरा विजयी भएपछि बुवा धनबहादुरले हर्षित हुँदै भने, ‘जनताले विश्वास गरेर जिताएका छन्, त्यही अनुसार उसले इमानदार भएर काम गर्नुपर्छ ।'

जनताले आफूप्रति गरेको विश्वासलाई सदैव मनमुटुमा राखेर इमानपूर्वक काम गर्ने गौतमको भनाइ छ ।

मकवानपुर-१ मा ९५ हजार ३१० मत खसेको थियो । मकवानपुरमा २ क्षेत्र छन् । क्षेत्र नम्बर २ मा रास्वपाकै प्रशान्त उप्रेती विजयी भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully