म मुद्धा हालेको मान्छे, चुनावमा पनि जादिन्, टिकट पनि माग्दीन् : देउवा

देउवाले टिकट वितरणमा आफू सँग कुनै सल्लाह नभएको पनि बताए।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

I am a person who filed a case, I did not even go to the elections, I did not even ask for a ticket: Deuba

काठमाडौँ — विशेष महाधिवेशनको बलमा पार्टी सभापतीबाट बहिर्गमित शेरबहादुर देउवाले आफू निकट कार्यकर्तासँग आफू चुनावमा नजाने र टिकट पनि नमाग्ने बताएका छन्।

मंगलबार बिहान सूदुरपश्चिमका कांग्रेस नेता/कार्यकर्ताहरू उनीलाई भेट्न महाराजगञ्जस्थित निवासमा पुगेका थिए। त्यहाँ पुगेका एक नेताले देउवाले टिकट वितरणमा आफू सँग कुनै सल्लाह नभएको पनि बताए।

देउवाको भनाइ सुनाउँदै त्यहाँ गएक एक कांग्रेस नेताले भने, ‘म मुद्धा हालेको मान्छे। चुनावमा पनि जादिन। टिकट पनि माग्दीन।’

देउवाको निर्वाचन क्षेत्रमा कांग्रेसले नैन सिंह महरलाई उम्मेदवार उठाएको छ। देउवाले यसबारे पनि कुराकानी गरेका थिए। देउवाले भने, ‘उसलाई मैले उठाएको होइन। उ आफैले कता मिलाएर टिकट लिएको हो। मसँग कुनै परामर्श भएर टिकट लिएको होइन।’

सम्बन्धित समाचार

‘सत्ताका लागि जे पनि’ गर्ने देउवाको यो बहिर्गमन

कान्तिपुर

Link copied successfully