तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेका बुर्लाकोटीले २०७९ मा १२ हजार ६ सय ३९ मत प्राप्त गरेर दोस्रो बनेका थिए।
गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
गोरखा–२ को निर्वाचन अधिकृतको कार्यालय पुगेर बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका हुन् । बुर्लाकोटीको समर्थक सुकबहादुर तामाङ र हरिशरण आचार्य प्रस्तावक रहेका छन् ।
पालुङटार नगरपालिका–९ का बुर्लाकोटी २०७९ को निर्वाचनमा पनि उम्मेदवार थिए। तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेका बुर्लाकोटीले २०७९ मा १२ हजार ६ सय ३९ मत प्राप्त गरेर दोस्रो बनेका थिए।
