देवकोटाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाच अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
सुर्खेत — आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता कुलमणि देवकोटाले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन कार्यतालिका अनुसार देवकोटाले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाच अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
उनी एमालेबाट पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका छन्। दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत नेपाली कांगेस र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजान्त्र पार्टी, राप्रपालगायतका दलले पनि मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
