सुर्खेत २ मा नेकपाका मल्लको मनोनयन दर्ता

निर्वाचन कार्यतालिका अनुसार मल्लले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएका हुन् ।

माघ ६, २०८२

ज्योति कटुवाल

NCP's Malla's nomination registered in Surkhet 2

सुर्खेत — आगामी २१ फागुनमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टि (नेकपा)का झक्कबहादुर मल्लले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन कार्यतालिका अनुसार मल्लले सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा मनोनयन दर्ता गराएका हुन् ।

उनले पार्टीका नेता तथा कार्यकर्तासहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

मल्ल पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका छन् । दुई निर्वाचन क्षेत्र रहेको सर्खेतमा अन्य दलहरु पनि मनोनयन दर्ता गर्ने तयारीमा  छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully