आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भट्टले डोटीबाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
डाेटी — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले उम्मेदवारी दर्ता गराएका छन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भट्टले डोटीबाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भट्टले संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र सुदूरपश्चिमको विकास आफ्नो प्रमुख एजेन्डा रहेको बताए। ‘प्रदेशमा सुरु भएका विकासका कामलाई संघीय तहबाट थप गति दिन आवश्यक छ,’ उनले भने।