कांग्रेसबाट रुपन्देही १ मा हिरा केसी बने उम्मेदवार

केसीले पार्टी नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Hira KC becomes Nepali Congress candidate in Rupandehi 1

काठमाडौँ — कांग्रेसले रुपन्देही १ मा हिरा केसीलाई उम्मेदवार बनाएको छ । कांग्रेस संसदीय बोर्डको सिफारिसमा सभापति गगन थापाले रुपन्देही १ बाट केसीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।

पार्टीबाट टिकट पाएको केसीले जानकारी दिए । 'कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा मलाई विश्वास गरेर रुपन्देही १ को उम्मेदवारको रुपमा जिम्मेवारी सुम्पिनु भएकोमा पार्टी सभापती, समग्र पार्टी नेतृत्व, महाधिवेशन प्रतिनिधि तथा सम्पूर्ण तहका साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु,' उनले भनेका छन् ।

केसीले साढे २ बजे उम्मेदवारी मनोनयन दर्ता गराउँदैछन् । 'मेरो राजनीतिक यात्राको मूल ध्येय सधै राजनीतिमा सही मूल्य, मान्यता र संस्कार स्थापित गर्ने रहेको छ । विशेषगरी युवामा निराशा होइन आशा र आत्मविश्वास जगाउने, समाजलाई विभाजन होइन सद्भाव र सहकार्यतर्फ अघि बढाउने प्रयास निरन्तर गर्दै आएको छु । अब ती प्रयासहरूलाई व्यक्तिगत तहमा सीमित नराखी संस्थागत रूपमा अघि बढाउने जिम्मेवारी लिन म तयार छु,' उनले भनेका छन्, 'यो चुनाव व्यक्ति वा पदका लागि होइन, राजनीतिलाई विश्वासयोग्य बनाउने अभियान साथै डर होइन, विवेकका आधारमा निर्णय गर्ने संस्कार बसाल्ने अवसर को रुपमा लिनु पर्दछ ।'

उनले पार्टी नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।    

कान्तिपुर

Link copied successfully