ललितपुर- २ मा खरेललाई टिकट दिएपछि रास्वपामा विवाद

ललितपुर २ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न खोजेका छन् ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Controversy in RSP after giving ticket to Kharel in Lalitpur-2

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेललाई उम्मेदवार बनाएपछि ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद भएको छ ।

खरेललाई ललितपुर २ मा उम्मेदवार बनाउन नहुने भन्दै निर्वाचन क्षेत्रका रास्वपा नेता र कार्यकर्ता असन्तुष्ट बनेका छन् । 

ललितपुर २ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न खोजेका छन् । उनलाई पार्टीले ललितपुर १ बाट उम्मेदवार बन्न भनेको रास्वपा ललितपुरका एक नेताले जानकारी दिए । तर, उनी भने २०७९ को चुनावमा प्रतिस्पर्धा गरेको ललितपुर २ बाटै उम्मेदवार बन्न चाहेका छन् ।२०७९ को चुनावमा प्रतिस्पर्धी बनेका बुद्धरत्नले ८ हजार ६६६ मत ल्याएको थियो । यो निर्वाचन क्षेत्रबाट एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपाका महर्जन तेस्रो भएका थिए । 

खरेल भने मंगलबार मात्रै रास्वपा प्रवेश गर्न लागिरहेका छन् । 

कान्तिपुर

Link copied successfully