राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोरखाको दुवै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कवीन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने भएका छन् ।
चुमनुव्री–३ सिर्दिवासस्थित नाग्चेतका गुरुङ जेन–जी आन्दोलनका अगुवा हुन् । उनी आइतबार रास्वपा प्रवेश गरेका थिए ।
त्यस्तै, पालुङटार नगरपालिका–९ का बुर्लाकोटी २०७९ को निर्वाचनमा पनि उम्मेदवार बनेका थिए । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धा गरेका बुर्लाकोटीले २०७९ मा १२ हजार ६ सय ३९ मत प्राप्त गरेर दोस्रो बनेका थिए ।
