कांग्रेसबाट दोलखामा शिवाकोटी उम्मेदवार 

कांग्रेसले अजयबाबु शिवाकोटीलाई दोलखाबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने भएको छ । 

माघ ५, २०८२

केदार शिवाकोटी

Congress candidate for Shiwakoti in Dolakha

दोलखा — नेपाली कांग्रेसले अजयबाबु शिवाकोटीलाई दोलखाबाट आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने भएको छ । 

पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेका उनी दोलखामा प्रभावशाली नेता मानिन्छन् । 

तामाकोशी वारि कि पारि भन्दै हरेक निर्वाचनताका दोलखामा दसकौंदेखि बहस भइरहन्छ । अधिकांश निर्वाचनमा तामाकोशी पारिका उम्मेदवार हुँदा यो पटक कांग्रेस र रास्वपाका उम्मेदवार तामाकोशी वारिका छन् । तामाकोशी पारि एमालेले २ पटक मन्त्री बनाएका पार्वत गुरूङसहित नेकपाबाट बागमती प्रदेशमा वन तथा वातावरणमन्त्री बनिसकेका नेता विशाल खड्का छन् । जिल्लामा आफ्ना संगठन र प्रभाव बढाउँदै लगेका रास्वपाका नेता इन्जिनियर जगदीश खरेल तामाकोशी वारिका भएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । 

केदार शिवाकोटी

Link copied successfully