बन्दसूचीमा रास्वपाको ‘कैंची’ : ३८ जनाको नाम काटिँदा नयाँ अनुहारको इन्ट्री

सूचीबाट हटाइएका कतिपयले आफूहरूको इच्छा विपरीत नाम हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । नाम फिर्ताका लागि कुनै निवेदन नदिएको अवस्थामा पनि सूचीबाट हटाइएको उनीहरूको भनाइ छ ।

माघ ५, २०८२

दया दुदराज

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

काठमाडौँ — समानुपातिक बन्दसूचीबाट औपचारिक रूपमा नाम फिर्ता नलिएका उम्मेदवारहरूको नामसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हटाएको पाइएको छ । हटाइनेको संख्या ३८ रहेको छ ।

निर्वाचन आयोगले बन्दसूचीबाट नाम फिर्ता लिन २८ पुसका लागि एक दिन तोकेको थियो । बन्दसूचीमा समावेश व्यक्ति स्वयं आयोग पुगेर नाम फिर्ता लिनुपर्ने व्यवस्था थियो । सोही दिन १७ दलका १ सय ७५ जना उम्मेदवारले नाम फिर्ता लिएका थिए । रास्वपाबाट भने जम्मा दुई जनाले मात्र नाम फिर्ता लिएका थिए ।

तर आइतबार आयोगले सार्वजनिक गरेको रास्वपाको अद्यावधिक बन्दसूचीमा ३८ जना उम्मेदवार फेरिएको देखिएको छ । पहिलो पटक बुझाइएको बन्दसूचीबाट सम्बन्धित पार्टीले आफैं नाम हटाउने वा नयाँ नाम थप्न नपाउने कानुनी व्यवस्था छ । यद्यपि समावेशी समूह नमिलेको वा आवश्यक कागजात नपुगेको अवस्थामा सच्याउने अवसर आयोगले दलहरूलाई दिएको थियो।

सबै ५८ दलले बुझाएको बन्दसूचीमा केही न केही त्रुटि देखिएपछि आयोगले २० देखि २७ पुससम्म सच्याउन समय दिएको थियो । आयोगले २० पुसमा रास्वपालाई पत्राचार गर्दै बन्दसूचीमा समावेश ११० नाममध्ये ६५ जनाको नागरिकता, मञ्जुरीनामा र स्वघोषणा फारम नपुगेको भन्दै कैफियत देखाएको थियो ।

आयोगले मागअनुसार कागजात पेस गर्नुपर्नेमा रास्वपाले उक्त अवसरलाई उम्मेदवार हेरफेरका रूपमा प्रयोग गरेको आरोप लागेको छ। सम्बन्धित उम्मेदवार सम्पर्कमा नआएको वा कागजात नबुझाएको भन्दै पार्टीले तीन दर्जनभन्दा बढी नाम परिवर्तन गरेको पाइएको हो ।

एकपटक बन्दसूची बुझाइसकेपछि नाम वा क्रम हेरफेर गर्ने सुविधा दललाई नरहेको निर्वाचन आयोगको स्पष्ट भनाइ छ । नाम फिर्ता लिने अधिकार पनि दललाई नभई सम्बन्धित व्यक्तिलाई कानुनले दिएको आयोगको भनाइ छ। आयोगको समानुपातिक निर्वाचन कार्यालयका एक अधिकृतका अनुसार उमेर नपुगेका केही व्यक्तिको नाम सूचीमा परेकाले प्रमाण माग गरिएको र प्रमाण नआएपछि नाम फेर्ने अनुमति दिइएको हो । तर अन्य उम्मेदवारका हकमा कागजात नपुगेको बहानामा पार्टीले नामै परिवर्तन गरेर ल्याएको उनको आरोप छ।

रास्वपाको सूचीबाट केही चर्चित अनुहार बाहिरिएका छन् भने विवादमा परेका केही नाम भने कायमै राखिएका छन् । सूचीबाट हटाइएका कतिपयले आफूहरूको इच्छा विपरीत नाम हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् । नाम फिर्ताका लागि कुनै निवेदन नदिएको अवस्थामा पनि सूचीबाट हटाइएको उनीहरूको भनाइ छ ।

निर्वाचन आयोगले सोमबार सबै दलको आधिकारिक सूची सार्वजनिक गरेको थियो । आयोगमा बुझाइएको रास्वपाको अद्यावधिक सूचीअनुसार ७२ जना पुराना उम्मेदवार यथावत् राखिएका छन् भने ३८ जनाको स्थानमा नयाँ व्यक्तिको इन्ट्री भएको छ ।

यसअघि पुस १४ गते बुझाइएको सूचीमा ६५ जना उम्मेदवारको नागरिकता र स्वघोषणा पत्र नपुगेको भन्दै आयोगले सच्याउन निर्देशन दिएको थियो । व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल उमेर नपुगेको पाइएपछि उनको नाम हटाइएको छ । यद्यपि सचिनले यसअघि नै उम्मेदवारी फिर्ता लिने स्वघोषणा गरेका थिए ।

सुरुमा समावेश केही चर्चित कलाकार र अभियन्ताले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका थिए । त्यसअनुसार आसिफ शाह, त्रिशाला गुरुङ र सचिन ढकालको नाम हालको बन्दसूचीमा छैन । यस्तै पर्यटन व्यवसायी टासी लाक्पा शेर्पा, सिर्जना वली, डा. अभिषेक सिंह र अरनिको पाण्डे पनि नयाँ सूचीमा अटाएका छैनन् ।

तर प्रभावशाली र पहुँचवाला भनिएका केही नाम भने यथावत् छन् । व्यवसायी विदुषी राणा, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, कलाकार प्रकाश सपुत र रिमा विश्वकर्माको नाम सूचीमा कायमै छ । पार्टी सभापति रवि लामिछानेको मुद्दामा जमानत बसेका मनोहर प्रधानको नाम पनि हटाइएको छैन ।

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा प्रधानले लामिछानेलाई थुनामुक्त गराउन ३० लाख रुपैयाँ जमानत दिएका थिए । यस्तै मिलन लिम्बु र विपिन कुमार आचार्यको नाम भने समानुपातिक सूचीबाट हटाइएको छ ।

इच्छुक उम्मेदवार ‘आउट’

पार्टीभित्र र बाहिर चर्चामा रहेका कतिपय उम्मेदवार, जो समानुपातिक सूचीमा बस्न इच्छुक थिए, उनीहरूलाई पनि सूचीबाट हटाइएको छ । दलित र अल्पसंख्यक कोटाबाट प्रतिनिधित्व गर्ने रामजी राम, मानव अधिकारवादी मोहना अन्सारी र टासी ल्हाजोम संशोधित सूचीमा छैनन् ।

जनजाति क्लस्टर महिलातर्फ पहिलो नम्बरमा सिफारिस भएकी टासी ल्हाजोमले आफ्नो नाम जबरजस्ती हटाइएको बताएकी छन् । कान्तिपुरसँग उनले भनिन्, 'पार्टी विधानअनुसार मेरो नाम पहिलो नम्बरमा परेको थियो। तर हटाउँदा मसँग कुनै सल्लाह नै भएन ।' उनको स्थानमा पार्टीकी केन्द्रीय सदस्य तथा सहकोषाध्यक्ष बसुमाया तामाङलाई सिफारिस गरिएको छ ।

मुस्लिम क्लस्टर महिलातर्फ दोस्रो नम्बरमा सिफारिस भएकी मोहना अन्सारीले पनि आफ्नो नाम इच्छाविपरीत फिर्ता गराइएको बताइन् । 'मैले आफैं फिर्ता लिन चाहेको थिइनँ । तर पार्टीबाट फिर्ताको फारम भर्न भनिएपछि डिजिटल कपी पठाएँ,' उनले भनिन्, 'यो सबै मिडिया ट्रायल हो ।'

त्यस्तै, खस–आर्य महिलातर्फ १०औँ नम्बरमा सिफारिस भएकी रञ्जु दर्शनाको नाम पनि अद्यावधिक सूचीमा हटाइएको छ । उनले आफूले नाम फिर्ता नलिएको बताउँदै बाहिर आएका समाचार गलत भएको दाबी गरेकी छन् ।

दलित क्लस्टरतर्फ चौथो नम्बरमा सिफारिस भएका रामजी रामलाई पनि जबरजस्ती उम्मेदवारी फिर्ता गराइएको स्रोतको दाबी छ । स्रोतका अनुसार रामजी रामलाई स्वघोषणामार्फत उम्मेदवारी फिर्ता गर्न बाध्य पारिएको थियो ।

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

RSVP's 'scissors' on the blacklist: 38 names removed, new faces enter

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully