मकाल गाउँपालिका-१ वालुङका शेर्पालाई रास्वपाले उम्मेदवार बनाएको हो ।
संखुवासभा — विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरी इतिहास रचेका हिमाल आरोही मिङ्मा शेर्पालाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ ।
मकाल गाउँपालिका-१ वालुङका शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीबाट संखुवासभाबाट प्रतिनिधित्व गर्न फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवारका रुपमा छनोट गरेको जिल्ला सभापति भक्तारायण श्रेष्ठले बताए ।
शेर्पा पहुँचभन्दा सेवामा विश्वास गर्ने र भ्रष्टाचारमुक्त शासन स्थापना, सुशासनको प्रत्याभूति र लोकतन्त्रको मजबुत संरक्षण उनको स्पष्ट राजनीतिक दृष्टिकोण भएको उनले बताए ।
