अन्य दलहरु उम्मेदवारी दर्ताका लागि आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संखुवासभा — फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि संखुवासभामा दिउँसो साढे १२ बजेसम्म तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।
जिल्लामा नेपाल मजदुर किसान पार्टीका राजकुमार लघु, नेसनल मंगोल अर्गनाइजेसनका देवेन्द घले र नेकपा माओवादीका पुष्पबहादुर कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन्।
संखुवासभामा २१ दल क्रियाशील छन्। अन्य दलहरु उम्मेदवारी दर्ताका लागि आउने कम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
