बझाङमा राप्रपाका विश्व जेठाराको उम्मेदवारी दर्ता

मनाेनयनका दिन बिहानैदेखि भिडभाड हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय दिउँसोसम्म पनि सुनसान देखिएको छ।

माघ ६, २०८२

वसन्तप्रताप सिंह

RPP's Bishwa Jethara files candidacy in Bajhang

बझाङ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बझाङमा मनोनयन सुरु भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्व जेठाराले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

बिहान १० बजे  नेकपा एमालेको उम्मेदवारी मनोनयनका लागि समय तोकिएको भए पनि एमालेका उम्मेदवार मनोनयनका लागि अहिलेसम्म आइपुगेका छैनन्।

मनाेनयनका दिन बिहानैदेखि भिडभाड हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय दिउँसोसम्म पनि सुनसान देखिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully