नेत्रविक्रम नेतृत्वको नेकपा माओवादीले कपिलवस्तुका ३ वटै क्षेत्रमा उम्मेदवारी दियो

कपिलवस्तु क्षेत्र नम्बर १ बाट सुनिल चौधरी, क्षेत्र नम्बर २ बाट राजमंगल थारु र क्षेत्र नम्बर ३ बाट विनोद लुइटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

माघ ६, २०८२

मनोज पौडेल

Netra Bikram-led CPN-Maoist has fielded candidates in all 3 constituencies of Kapilvastu.

कपिलवस्तु — नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका उम्मेदवारले जिल्लाको ३ वटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ बाट सुनिल चौधरी, क्षेत्र नम्बर २ बाट राजमंगल थारु र क्षेत्र नम्बर ३ बाट विनोद लुइँटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

मंगलबर दिउँसो १ बजेअघि नै उनीहरू तीन वटै निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। कपिलवस्तु नेपाल कम्युनिस्ट पार्टी माओवादीको मुख्यालय रहेको जिल्ला हो ।

मनोज पौडेल

Link copied successfully