एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउन टिकट प्राप्त भएको एमालेका नेता भूमिश्वर ढकालले बताए ।
बुटवल — कांग्रेस नेता प्रमोदकुमार यादव एमाले प्रवेश गरेका छन्। कांग्रेसले अन्तिम समयमा टिकट नदिएपछि यादव एमालेमा प्रवेश गर्दै रुपन्देही-४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
यादवले आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको बताए ।
कांग्रेसले अन्तिम समयमा टिकट खोसेपछि वैकल्पिक राजनीतिक बाटो रोज्न बाध्य भएको उनको भनाइ छ । यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट रुपन्देही-४ मा निर्वाचित सांसद हुन् । २०७९ को निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।
एमाले प्रवेशसँगै यादवलाई रुपन्देही-४ बाट उम्मेदवार बनाउन टिकट प्राप्त भएको एमालेका नेता भूमिश्वर ढकालले बताए । यादवको एमाले प्रवेशले रुपन्देही-४ को चुनावी समीकरण थप रोचक बनेको छ।
