संखुवासभामा कांग्रेसका श्रेष्ठ र रास्वपाका शेर्पाको उम्मेदवारी

दुवै उम्मेदवार आफ्नो पार्टी कार्यालयबाट जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

माघ ६, २०८२

दीपेन्द्र शाक्य

Congress' Shrestha and Rashtriya Swayamsevak Sankhuwasabha's Sherpa's candidacies

संखुवासभा — संखुवासभामा कांग्रेसका दीपनकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले उम्मेदवारी दर्ता गरेका छन्।

दुवै उम्मेदवार आफ्नो पार्टी कार्यालयबाट जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए । 

फागुन २१ को निर्वाचनका लागि संखुवासभामा श्रम संस्कृति पार्टीबाट उमा राई, नेपाल मजदुर किसान पार्टीका राजकुमार लघुले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै नेसनल मंगोल अर्गनाइजेसनका  देवेन्द घले,  नेकपा माओवादीका पुष्पबहादुर कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन्।

संखुवासभामा २१ दल क्रियाशील छन्। अन्य दलहरु उम्मेदवारी दर्ताका लागि आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

दीपेन्द्र

Link copied successfully