प्रधानमन्त्रीलाई भेटेर जाँचबुझ आयोगका अध्यक्षले भने : ओली र लेखकसँग बयान लिने तयारी छ

आयोगलाई समय नपुग्ने भन्दै एक महिना म्याद थप्न अनुरोध

पुस २, २०८२

कान्तिपुर संवाददाता

The chairman of the inquiry commission met the Prime Minister and said: Preparations are underway to take statements from Oli and the writer.

काठमाडौँ — २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन जाँचबुझ  गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ गरेका छन् । उनले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा लाग्ने जानकारी गराए ।  

आगामी आइतबारदेखि  राजनीतिकस्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको जानकारीसँगै अध्यक्ष कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्ने कि नगर्नेबारे पनि कुरा राखेका थिए ।

उनले बयान सक्दा आयोगको मिति पनि सकिने भएकाले प्रतिवेदन लेखन अनि जेन-जीसँग भएको सम्झौताअनुसारको क्षेत्राधिकारबारे काम गर्नुपर्ने भएकाले केही समय म्याद थप गर्न उनले आग्रह गरेका थिए । 

उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेको र प्रधानमन्त्रीले छलफल गर्ने र आवश्यक भए थपेर जाने जवाफ दिएकी थिइन् ।

यसअघि मन्त्रिपरिषद् बैठकले  भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully