काठमाडौँ — मंगलबार बिहानै तिब्बतबाट आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि सुरु भएको विपत्तिले तहसनहस मच्चाएको खबर सार्वजनिक भयो । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो । सुक्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी (ईभी) हरूमा पनि ठूलो क्षति पुग्यो ।
भोटेकोशीमा आएको बाढीबाट १८ जना सम्पर्कविहीन भएका सरकारी अधिकारीहरुले बताएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना नेपाली र ६ चिनियाँ नागरिक छन् । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ भने रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको छ ।
भोटेकोशीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–१ र ९ बीचमा बाढीमा दुई जना फसेका थिए । तिनीहरुको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार भइसकेको छ ।
बाढी पूर्वानुमान महाशाखाले तिब्बतबाट आएको बाढीको प्रभाव त्रिशूली नदी र बुढीगण्डकी दोभानसम्म देखिन बताएको छ । महाशाखाले भनेको छ, 'यस विभागको भोटेकोशीस्थित रसुवा-स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान ३:३० बजे बाढी पुगेको देखिन्छ ।' महाशाखाका अनुसार उक्त बाढी बिहान ५ बजेतिर बेत्रावती आइपुगेको थियो ।
भोटेकोशी बाढीबारे इकान्तिपुरमा प्रकाशित समाचार
![What happened in Bhotekoshi flood? [All news published in Ikantipur]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/bhotekoshi-0872025103921-1000x0.jpg&w=1001&h=0)