काठमाडौँ — नुवाकोटको विदुर नगरापालिका वडा नम्बर–१ र ९ बीचमा बाढीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरु अचानक बाढी आएपछि बीचमै फसेका थिए ।
मैती तामाङ र पाल्देन तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको पौडेलले बताए ।
दाउरा लिन गएका उनीहरु बाढी आएपछि ढिस्कोमा बसेका थिए । पछि बाढी बढ्दै गएपछि रुखमा चढेर उद्धारको पर्खाइमा थिए ।
