काठमाडौँ — नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ ।
सम्पर्कविहीन भएकामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको अन्य १६ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ ।
हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।
