२४ घण्टामा २ हजार ७२६ मा कोरोना पुष्टि, १ हजार ७७८ जना संक्रमणमुक्त- समाचार - कान्तिपुर समाचार

२४ घण्टामा २ हजार ७२६ मा कोरोना पुष्टि, १ हजार ७७८ जना संक्रमणमुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८६३ परीक्षणबाट १ हजार १७३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ५१८ परीक्षणमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७५८ पुगेको छ ।

प्रकाशित : श्रावण १२, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्

शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादी केन्द्रमा सहमति

शेरचनलाई गण्डकी प्रदेश प्रमुख हुन संवैधानिक बाधा
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले अमिक शेरचनलाई फेरि प्रदेश प्रमुख बनाउनका लागि सहमति गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुख बनाउन सिफारिस गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमालेकी सीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

शेरचनलाई मन्त्रिपरिषद्‌‌ले पुन: सिफारिस गरे उनी राष्ट्रपतिबाट प्रदेश प्रमुखमा नियुक्त हुनेछन् । संविधानको धारा १६३ को उपधारा ४ बमोजिम एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन भन्ने व्यवस्था छ ।

तर, सत्तारुढ गठबन्धनभित्र माओवादीलाई गण्डकी प्रदेश प्रमुख, प्रदेश २ को प्रमुखमा जनता समाजवादी (जसपा), लुम्बिनी प्रदेशमा कांग्रेसलाई दिने सहमति भएको छ ।

प्रकाशित : श्रावण १२, २०७८ १६:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×