प्रधानमन्त्रीद्वारा ‘स्पुतनिक–भी’ उपलब्ध गराउन रूससँग आग्रह

वैशाख १७, २०७८

रासस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन् ।

नेपालका लागि रूसका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् ।

राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए । औषधि व्यवस्था विभागले ‘स्पुतनिक–भी’ लाई नेपालमा प्रयोग गर्नका लागि अनुमति प्रदान गरिसकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा  दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासलाई थप गति दिनेबारे पनि छलफल भएको  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सम्बन्धित समाचार

कोरोना खोपकोरोना भाइरस

रासस

Link copied successfully