२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

१६८ जना नेपाली यात्रु लिएर युएईबाट एयर अरेबिया काठमाडौं उड्यो

होम कार्की, सुरज कुँवर

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ । एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । जहाजमा एक नेपालीको शव पनि छ ।

१६८ जना नेपाली यात्रु लिएर युएईबाट एयर अरेबिया काठमाडौं उड्यो

जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैनन् । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।

सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो । विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट विमान उडाइएको हो ।

यो विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ ।

सम्बन्धित समाचार

१६८ जना नेपाली सारजाह विमानस्थलको बोर्डिङ कक्षमा उडान पर्खंदै

प्रकाशित : जेष्ठ २३, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?