१६८ जना नेपाली यात्रु लिएर युएईबाट एयर अरेबिया काठमाडौं उड्यो

जेष्ठ २३, २०७७

सुरज कुँवर, होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ । एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । जहाजमा एक नेपालीको शव पनि छ ।

जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैनन् । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।

सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो । विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट विमान उडाइएको हो ।

यो विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ । 

सम्बन्धित समाचार

१६८ जना नेपाली सारजाह विमानस्थलको बोर्डिङ कक्षमा उडान पर्खंदै 

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully