नेपाल–भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि गठन गरिएको विज्ञ समूहले कामलाई निरन्तरता दिइरहेको बताएको छ । समूहका सदस्यलाई आ–आफ्नो विज्ञतासँग सम्बन्धित प्रमाणहरु संकलन गर्ने, सूचीकृत गर्ने र त्यसलाई आवश्यक व्याख्या गर्ने जिम्मेवारी दिइएको हो । साथमा एकापसमा आवश्यकता पर्दा सहयोग गर्ने र उपसमूहमा काम भइरहेको छ ।