कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५६ वर्षीय पुरुषको शव व्यवस्थापनको तयारी

स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि हुन बाँकी
प्रशान्त माली

ललितपुर — ललितपुरको किस्ट मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचारको क्रममा  बुधबार मुत्यु भएका कोरोना भाइरस संक्रमितको शव व्यवस्थापनको तयारी गरिएको छ । बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव अस्पतालको शवगृहमा राखिएको छ ।

कोरोनाबाट मृत्यु भएका ललितपुरका ५६ वर्षीय पुरुषको शव व्यवस्थापनको तयारी

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शव व्यवस्थापन गर्न समन्वय भइरहेको बताए । ‘शव व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युबारे औपचारिक पुष्टि गरेको छैन,’ उनले भने, ‘यस बारेमा मन्त्रालयमा बैठक भइरहको छ । हामी निर्देशनको पखाईमा छौं ।’

ललितपुर महानगरपालिका–२२ बुङमतीका ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टाइनमा पठाइएको छ । अस्पतालमा सुरक्षा व्यवस्था र सावधानी अपनाइएको छ । किस्ट मेडिकल कलेजको नयाँ भवनको पाँचौ तलाको एमआईसीयू कक्ष सिल गर्ने वा नगर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी स्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा.खगेश्वर गेलालले दिए ।

उनले मृतक परिवारका सबैको विवरण संकलन भइरहेको बताए । ‘मृतकलाई कहाँबाट कोरोना सर्यो ? बिरामी हुनुअघि कहाँ–कहाँ गएका थिए ? सबै विवरण संकलन गर्ने तयारी भइरहेको छ,’ गेलालले भने । मृतकलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । त्यसक्रममा कोरोना पनि टेस्ट गर्नेक्रममा पोजिटिभ देखिएको हो । उनी कलेजोसम्बन्धी रोगबाट ग्रसित थिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?