प्रदेश २ मा थपिए ७४ जना संक्रमित

जेष्ठ १५, २०७७

अवधेश झा, सुनिता बराल, अजित तिवारी

जनकपुर, राजिवराज, जलेश्‍वर — प्रदेश २ मा बिहीबार ७४ जना संक्रमित थपिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका परीक्षणमा संक्रमण फेला परेको बताए । 

उनका अनुसार धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १२, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जना संक्रमित थपिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका थप  १३ जनामा संक्रमण देखिएको बताए ।

त्यस्तै महोत्तरीमा पनि थप १६ जना पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार बिहीबार पुष्टि भएका सबै संक्रमितहरु भारतबाट फर्किएका हुन् । उनीहरु जलेश्वरको राविम क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए । यसअघि महोत्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको थियो । 

अवधेश

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully