सेनाले ल्यायो चीनबाट तेस्रो लटको स्वास्थ्य सामग्री

काठमाडौँ — सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री लिएर आएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर ५५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

सेनाले ल्यायो चीनबाट तेस्रो लटको स्वास्थ्य सामग्री

चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइपुर्‍याएको हो । प्रवक्ता क्षेत्रीका अनुसार निगमको जहाजमा १४ हजार ८ सय २० केजी (करिब १६ टन) बराबरका विभिन्न स्वास्थ्य सामग्री ल्याइएको छ । सेनाले समग्रमा तेस्रो लट र जहाजबाट दोस्रो लटमा सामग्री ल्याउन ल्याएको हो ।

सेनाले पहिलो लटमा स्थलमार्ग तातोपानी नाका हुँदै करिब ८ टन सामग्री ल्याएको थियो भने दोस्रो लटमा जहाजबाट १८.९ टन सामग्री ल्याएको थियो ।

बाँकी स्वास्थ्य सामग्री भने स्थलमार्गबाटै आउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाले करिब दुई अर्ब २६ करोडमा चीनबाट ६७ थरी स्वास्थ्यसामग्री खरिद गरेको थियो । त्यसको तौल करिब २ सय ४३ टन रहेको छ । बाँकी सामग्री क्रमशः आइरहने पाण्डेले बताए ।

उनका अनुसार केही सामग्री तातापानी नाकामा आएर भन्सार जाँचमा पनि रहेका छन् । ती सामग्रीहरुलाई काठमाडौं ल्याएपछि विमानस्थलको १४ बाहिनीको अड्डाभित्र रहेको राष्ट्रिय वेयरहाउसमा सुरक्षित गरी राखिने सेनाले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?