कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनकै बीच बाँके दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा

नयाँ सिडिओको पहिलो बैठकको निर्णय
रुपा गहतराज

काठमाडौँ — जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढदै गएपछि बाँके प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र अनिश्चितकालका लागि घोषणा गरिएको हो ।

लकडाउनकै बीच बाँके दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा

पुराना प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सोमबार मात्रै सरुवा भएपछि आएका बाँकेमा सिडिओ रामबहादुर कुरुवाङ्गको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको पहिलो बैठकले कोरोना भाइरसको संक्रमण रोक्न अत्यावश्यक काम तोकेर त्यस बाहेकका कामलाई हिँडडुल समेत रोक्ने निर्णय गरेको हो । स्थिति सम्हाल्न नसकेको भनेर पुराना सिडिओलाई बाँकेबाट हटाएर कुरुवाङ्गलाई ल्याइएको हो ।

बुधबार राति १२ बजे देखि अर्को आदेश नभएसम्मका लागि यो निर्णय लागू गरिएको सिडिओ कुरुवांङ्गले जानकारी दिए । ‘बुधबार १२ बजेदेखि अर्को आदेश नआउँदासम्म राजपत्रमा उल्लेख गरिएका आवश्यक सेवाहरु भोजनालय, औषधि पसल, फलफूल, तरकारी, खाद्यन्न पसल, अस्पताल, स्वास्थयकेन्द्र, ढुवानी, छापाखाना, बैंक, सुरक्षा, पेट्रोलिय पदार्थ, खानेपानी, फोहोरमैला संकलन, विद्युत, कृषि, पशुजन्य काम तथा वर्कशपजस्ता अत्यावश्यक सेवाहरु बाहेकका अन्य सेवा/स्थलहरु अर्को आदेश नभइन्जेलका लागि बन्द हुनेछन्,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि बाँकेमा वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।जिल्लामा अहिलेसम्म १७० जनाका कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?