भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना : प्रधानमन्त्री ओली

दुई दिनको अवस्था हेरेर लकडाउन थप्‍ने/नथप्‍ने बारेमा निर्णय हुने प्रधानमन्त्रीको भनाइ

वैशाख १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको महामारीका कारण नयाँ वर्षलाई कठिन परिस्थितिमा स्वागत गर्न बाध्य भएको बताएका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको महामारीले संसारभर रहेका नेपालीहरुलाई पनि छोएको र केहीको मृत्यु भएको उल्लेख गर्दै असहज अवस्थामा नयाँ वर्षको शुभकामना दिनु परेको बताएका छन् ।

साथै प्रधानमन्त्री ओलीले आगामी वैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुने र यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारीविरुद्धको सरकारको नीति कस्तो हुने भन्ने निर्णय गर्ने  बताएका छन्। उनले जस्तोसुकुै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

'महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न बेस्सरी घच्घच्याएको छ' 

साथै शुभकामनाका क्रममा प्रधानमन्त्री ओलीले राज्यले स्वास्थ्य संस्थामा राज्यले लगानी गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतीलाई अवसरमा रुपान्तरित गर्न प्रयास गर्ने बताए । 

‘भनिन्छ, संकटले सम्भा‍वनाको पनि ढोका खोल्छ। कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतीलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नुपर्छ। यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिङ्गो विश्वलाई र हामीलाई पनि बेस्सरी घच्घच्याएको छ। सरकारले यसलाई गम्भी‍र ध्यान दिने नै छ,’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को अवसरमा दिएको शुभकामना सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

दिदीबहिनी तथा दाजुभाइहरु,

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,

दिदीबहिनी तथा दाजुभाइहरु,

दिदिबहिनी तथा दाजुभाईहरु,

धन्यवाद ।

- १ वैशाख २०७७

बालुवाटार, काठमाडौं

कान्तिपुर

Link copied successfully