कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना

जनकराज सापकोटा

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई हिजो राति साढे ८ बजेतिर बाग्लुङ सदरमुकामस्थित धौलागिरि अस्पतालमा भर्ना गरिएको छ ।

कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना

मन्त्रालयले संक्रमणको पुष्टि गरेपछि पनि घरमै रहेकी उनलाई कसरी अस्पतालसम्म पुर्‍याउने भन्नेमा अलमल देखिएको थियो ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी ती युवतीमा बाग्लुङस्थित घर पुगेको भोलिपल्टबाट हल्का ज्वरो देखिएको थियो । ज्वरो घटेको दुई दिनपछि फेरी उनलाई ज्वरो देखिएपछि परिवार सर्तक बनेको थियो ।

युवतीका बाबुले कान्तिपुरसँगको कुराकानीमा अहिले पनि छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई अस्पतालमै क्वारेनटाइनमा राखिएको बताए । उनले भने, ‘ज्वरो पनि देखिएको छैन, अरु अप्ठ्यारो पनि देखिन्‍न ।’

सम्बन्धित समाचारः

प्रकाशित : चैत्र १६, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?