नाकामा अलपत्र नेपालीलाई आज अन्तिम पटक प्रवेश गर्न दिइने

१४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने

चैत्र ११, २०७६

बिनु सुवेदी

काठमाडौँ — सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले मंगलबारसम्म सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई नेपाल प्रवेश गर्न अनुमति दिएको हो । बुधबारदेखि  भने कसैलाई पनि प्रवेश नदिइने सरकारले बताएको छ । 


नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने पनि सरकारले निर्णय गरेको  छ ।


उनीहरुलाई क्‍वारेन्टाइनमा बस्‍ने व्यवस्था मिलाउन प्रदेश र स्थानीय सरकारलाई मिलाउन समितिले निर्देशन दिएको छ ।

बिनु

Link copied successfully