गौरीफन्टा नाकामा रोकिएकालाई क्वारेन्टाइनमा बस्नेगरी प्रवेश गर्न दिइने

चैत्र ११, २०७६

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको गौरीफन्टामा रोकिएका करिब एक हजार नेपालीलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राख्ने प्रवेशको अनुमति दिने भएको छ। 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले  सीमा नाकाको दशगजा क्षेत्रमा रोकेर राखिएका नेपालीलाई सम्बन्धित गाउँ तथा नगरपालिकाको क्वारेन्टाइनमा राख्ने गरी  भित्राउन लागेको बताए ।  ‘त्यहाँ रोकिएका नेपालीलाई सम्बन्धित जिल्लामा बसमा पुऱ्याउने भएका छौं,’ ‘उनले भने, ‘अहिले उनीहरुको  स्वास्थ्य परीक्षण र व्यक्तिगत बिवरण लिने काम भइरहेको छ ।’

गौरीफन्टा नाकामा एक हजार अलपत्र

प्रजिअ बोहराले विवरण संकलन भएपछि साँझसम्म उनीहरुलाई गन्तव्यतर्फ लगिने बताए ।   उनका अनुसार  उनीहरुलाई गनतव्यमा पुगाउन यतायात समितिहरुको बस उपलब्ध गराइने छन् ।  ‘सम्बन्धित जिल्लामा बसले पुगाएपछि प्रदेश स्थानीय तहले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने छन्,’उनले भने ।

गौरीफन्टा नाकामा तनाव

भारतका विभिन्न सहरमा काम गर्ने करिब एक हजार नेपाली सोमबार साँझदेखि मंगलबार बिहानसम्म गौरीफन्टा नाकामा आइपुगेका थिए । उनीहरुलाई स्थानीय प्रशासनले प्रवेश गर्न दिएको थिएन । सोमबार साँझ पुगेका नेपालीहरु दशगजाको खुल्ला चौरमै रात बिताउन बाध्य भएका थिए । 

मंगलबार बिहान उनीहरुले घर फर्कन पाउनुपर्ने माग राख्दै चर्काे नाराबाजी जबर्जस्ती गरेका थिए ।  प्रजिअ बोहराका अनुसार गृह मन्त्रालय र प्रदेश सरकार संगको समुन्वय  गरेर उनिहरुलाई स्वदेश प्रवेश गर्न दिने निर्णय स्थानिय प्रशासनले गरेको हो ।  

मोहन

Link copied successfully