१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

टोकियो ओलम्पिक्स सर्ने ‘निश्‍चित’

रोयटर्स

लन्डन — कोरोना भाइरसको महामारीका कारण टोकियो ओलम्पिक्स सार्नेबारे केही दिनमै निर्णय हुने भएको छ । प्रतियोगिता सार्न चर्को दबाबबीच मंगलबार जापानी प्रधानमन्त्ती सिन्जो आबे र अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी) अध्यक्ष थोमस बाखबीच मंगलबार कुराकानी भएको जापानीले सरकारले बताएको छ ।

टोकियो ओलम्पिक्स सर्ने ‘निश्‍चित’

जापानी पत्रिका सेन्‍केइका अनुसार जापानी सरकारले आईओसीसँग छलफल गरेर एक वर्षका लागि टोकियो ओलम्पिक्स सार्ने निश्चित जस्तै छ । आधुनिक ओलम्पिक्सको १ सय २४ वर्षको इतिहासमा प्रतियोगिता सार्न लागेको यो पहिलो पल्ट हो । यसअघि जापानी सरकार र आईओसीले एक महिनाको अन्तरमा प्रतियोगिताबारे निर्णय गर्ने बताएको थियो ।


तर पछिल्लो समय दुवै पक्षमाथि प्रतियोगिता सार्नेबारे चर्को दबाब परेको थियो । महामारीको प्रकोपका कारण अधिकांश अन्तर्राष्ट्रिय उडान भइरहेका छैनन् भने लगभग सबै सामाजिक र व्यापारिक क्रियाकलापमा पनि प्रतिबन्धको जस्तै स्थिति छ । यस्तोमा खेलाडीले टोकियो ओलम्पिक्सका लागि भनेर तयारी गर्न पाएका छैनन् ।


क्यानाडा र अस्ट्रेलियाले निर्धारित समयमा टोकियो ओलम्पिक्सको आयोजना भए आफ्नो देशले भाग नलिने बताइसकेको छ । बेलायत र अमेरिकाले पनि आफ्ना खेलाडी र खेल पदाधिकारीसँग छललफ गरेर प्रतियोगितामा सहभागी हुने अथवा नहुनेबारे निर्णय गर्ने बताएको थियो । सेन्‍केइ पत्रिकाले जापानीबीच गरेको मत सर्वेक्षणमा पनि ७० प्रतिशतले प्रतियोगिता सार्नु पर्ने बताएका छन् ।


आधुनिक ओलम्पिक्सको इतिहासमा अहिलेसम्म प्रतियोगिता घोषित मितिमै भएका छन् र सार्नु पर्ने स्थिति तयार भएको छैन । दुई विश्व युद्धका कारण भने सन् १९१६, १९४० र १९४४ मा हुने पर्ने ओलम्पिक्स भने हुन सकेको थिएन् । चर्को शीतयुद्धबीच सन् १९८० र १९८२ को ओलम्पिक्सलाई भने केही देशले बहिष्कार गरेका थिए ।

प्रकाशित : चैत्र ११, २०७६ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?