१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

गौरीफन्टा नाकामा एक हजार अलपत्र

अर्जुन शाह

धनगढी — सोमबार रातिदेखि धनगढीको सीमा नाका गौरिफन्टामा रोकिएकाहरुको बेहाल हुन थालेको छ । बिहान ७ बजे प्रहरीले लखेटेका उनीहरुले खानासमेत खान पाएका छैनन् ।

गौरीफन्टा नाकामा एक हजार अलपत्र

उनीहरुलाई कसरी देशभित्र ल्याउने भन्ने प्रशासनले अझै टुंगो लगाएको छैन ।


धनगढी मुख्यमन्त्रीको कार्यालयमा बैठक बसिरहेको सशस्त्र प्रहरीका एसपी कमल तिमिल्सिनाले बताए । सरकारले सीमामा आउने आफ्ना नागरिकको स्पष्ट पहिचान गरेर, स्वास्थ्य जाँचको व्यवस्था मिलाइ ल्याउन सकिने सोमबार निर्णय गरेको थियो ।



भारतका विभिन्न सहरबाट आएकाहरु सुदूरपश्चिमको प्रमुख सीमा नाका गौरीफन्टामा अलपत्र छन् । उनीहरुले बिहानैदेखि नाराबाजी गरेर अगाडि बढ्न खोजेपछि सुरक्षाकर्मीहरुले रोकेका थिए । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन् ।









तस्बिरहरु : अर्जुन शाह/कान्तिपुर


प्रकाशित : चैत्र ११, २०७६ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?