कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गौरीफन्टा नाकामा तनाव

अर्जुन शाह

कैलाली — भारतका विभिन्न शहरबाट आएकाहरु सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको गौरीफन्टामा सोमबार रातिदेखि अलपत्र परेका छन् । सुरक्षाकर्मीले आउन नदिएको भन्दै मंगलबार बिहानैदेखि उनीहरु नाराबाजी गरिरहेका छन् । 

गौरीफन्टा नाकामा तनाव

कैलालीका सबै ठाउँ मंगलबार बिहानै ६ बजेदेखि लकडाउनको अवस्था छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन् ।


बिहान उनीहरुले नेपाल आउन पाउनुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए । अत्यधिक भीड भएकाले सुरक्षाकर्मीलाई सम्हाल्न सकस भएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार जिल्ला प्रशासन र मुख्यमन्त्रीले उनीहरुलाई के गर्ने भन्ने बारेमा गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?