काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले विद्यालय तथा सार्वजनिक स्थलहरु बन्द गरेपछि काठमाडौं उपत्यका छाड्नेहरु बढेका छन् । शुक्रबार मात्रै ९८ हजार ५ सय १७ यात्रुले उपत्यका छाडेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार शुक्रबार बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म ९८ हजार ५ सय बढी यात्रुले उपत्यका छाडेका हुन् ।
शुक्रबार उपत्यका भित्रिने यात्रुको संख्या भने ४८ हजार ९ सय ७ रहेको छ ।
‘कोरोना रोकथामका लागि विद्यालयहरु र सार्वजनिक स्थलहरु बन्द गरिएपछि गाउँ फर्कनेहरुका कारण बसपार्कहरु भरिभराउ भएका छन् ।’ ढकालले भने ।
एसएसपी ढकालका अनुसार १४ हजार ३ सय ३८ यात्रुबाहक सवारी साधनहरु बाहिरिएका छन् । शुक्रबार काठमाडौं भित्रिने सवारीको संख्या भने ८ हजार १ सय ७२ छ ।
