३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

'संक्रमण फैलिएको मुलुकबाट आएका नेपाली घरमै क्‍वारेन्टाइनमा बस्‍नुस्'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको मुलुकबाट स्वदेश फर्किएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । कोरोनाको विषयमा शुक्रबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले संक्रमण फैलिएको मुलुकबाट फर्किएकालाई घरमै क्वारेन्टाइन बनाएर बस्न आग्रह गरेका हुन् ।

'संक्रमण फैलिएको मुलुकबाट आएका नेपाली घरमै क्‍वारेन्टाइनमा बस्‍नुस्'

प्रधानमन्त्रीले भने, 'संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ '

संक्रमण फैलिएको मुलुकबाट फर्किएका नागरिकले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास 'सबै दिदीबहिनी तथा दाजुभाईहरूले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,' उनले भनेका थिए

सरकारले शुक्रबार राति १२ बजेपछि हवाई माध्यम भएर नेपाल प्रवेश गर्न कडाइ गर्ने भएको अन्तर्राष्ट्रिय विभानस्थल भने पूर्णतः बन्द नहुने नागरिक उड्डयन प्राधिकरणले जनाएको प्राधिकरणका अनुसार बैंककको थाई एयर, चीनका एयर चाइना, चाइना साउर्दन चाइना इस्टर्न तथा सिंगापुरको सिल्क एयरका उडान नियमित भएका छन् अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकबाट आउनेहरूलाई प्रवेश दिइरहेको विमानस्थल स्रोतले जानकारी दिएको भारतबाट आउने यात्रुहरूलाई पनि हवाइ क्षेत्रबाट आइरहेको विमानस्थल स्रोतले जानकारी दिएको

कतार लगायत खाडी लगायतका मुलुकमा रहेका नेपाली पनि स्वदेश फर्किने वा डिपोर्ट गरिएर नेपाल आउने क्रम जारी रहेको त्यस्तै कोरोनाको संक्रमण फैलिइरहेको छिमेकी भारतबाट स्थलमार्ग भएर नेपाल फर्किनेहरूको संख्या ठूलो यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले उनीहरूलाई घरमै क्वारेन्टाइन बनाएर बस्न आग्रह गरेका हुन्

यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसक्ने भएकाले घरमै 'सेल्फ क्वारेन्टाइन' बस्न आग्रह गरेका थिए

प्रधानमन्त्रीले विदेशमा रहेका नेपाल आउन खोजेका नेपालीहरूलाई नआत्तिएर आफू रहेको देशमा बस्न त्यहाँस्थित नेपाली दूतावाससँग सम्पर्क राख्न आग्रह गरेका छन् विदेशमा रहेका नेपालीहरूको समस्या समाधान गर्न कूटनीतिक नियोगहरूले सहयोग गर्ने पनि प्रधानमन्त्रीले बताएका छन्

मुलुकभित्र भने कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण उपचारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीको भनाइ उनले देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका छन्


कोरोना संक्रमण रोक्न उपचारका लागि चिकित्सक, नर्स, स्वास्थ्यकर्मी सुरक्षा निकाय लगायतका जनशक्तिलाई उचित प्रोत्साहन सहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको भनाइ

प्रकाशित : चैत्र ७, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?