कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द, के-के पर्छन् ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने बताएका छन् ।

अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द, के-के पर्छन् ?

सम्बोधनको एउटा बुँदामा भनिएको छ-

'देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।'

तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्न पनि सम्बोधनमा भनिएको छ ।

के-के हुन् अत्यावश्यक सेवा ?

राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको छ ।

राजपत्रका अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल-नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा आवश्यक सेवा हुन् ।

राजपत्रमा यी व्यवस्था भएपनि कोभिड १९ विरुद्ध सरकारले चालेका कदम र प्रधानमन्त्रीको संवोधन अनुसार राजपत्र भाग ५ का बुँदा नम्बर ३, ४ र १० मा भने यो प्रावधान लागु नहुने देखिन्छ ।

प्रकाशित : चैत्र ७, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?