चैत ९ देखि १८ सम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

काठमाडौँ — सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले यो कदम चालेको हो ।

चैत ९ देखि १८ सम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द

शुक्रबार राष्ट्रवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको बताएका हुन् ।


यस्तै, सरकारले छिमेकी राष्ट्रहरुसँग समन्वय गरी सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्थासहित आवागमनको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रकाशित : चैत्र ७, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?