कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

चैत १० देखि लामो दूरीका यातायात बन्द

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणबाट रोक्‍नका लागि चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाएको छ । 

चैत १० देखि लामो दूरीका यातायात बन्द

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका हुन् ।

प्रधानमन्‍त्रीले भने, 'आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।'

यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई 'लामो दूरी' मानिन्छ । विभागका महानिर्देशक गोगनबहादुर हमाल भने, 'काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुन्न, २ सय ५० किलोमिटर भन्दा टाढालाई लामो दूरीलाई मानेका छौं ।'

यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको प्रधानमन्‍त्री ओलीले जानकारी दिए । उनका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्‍त्रीले स्पष्ट पारे ।

प्रकाशित : चैत्र ७, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?